Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कोरोनाका कारण भारतीय कलाकार बिक्रमजीतको निधन

$
0
0

एजेन्सी, १८ बैशाख । चर्चित भारतीय कलाकार बिक्रमजीत कंवरपालको निधन भएको छ । कोभिड-१९ संक्रमणका कारण शुक्रबार ५२ वर्षीय कंवरपालको निधन भएको हो ।

कंवरपालले विभिन्न टेलिभिजन श्रृंखला तथा चलचित्रमा काम गरेका छन् । उनी अवकाश प्राप्त सैन्य अधिकृत समेत हुन् । उनले सन् २००२ मा भारतीय सेनाको मेजर पदबाट अवकाश लिएपछि बलिउडमा पाइला टेकेका थिए ।

सन् २००३ देखि कलाकारिताको क्षेत्रमा प्रवेश गरेका कंवरपालले ‘पेज ३’, ‘पाप’, ‘करम’, ‘अतिथी तुम कम जाओगे’, ‘जब तक है जान’, ‘प्रेम रतन धन पायो’ जस्ता चलचित्रमा अभिनय गरेका छन् ।

त्यस्तै कंवरपालले अनिल कपुरको ‘२४’सहित ‘किस्मत’, ‘नमक हराम’, ‘अदालत’, ‘दिया और बाती हम’ जस्ता टेलिभिजन सिरिजमा पनि अभिनय गरेका छन् ।

The post कोरोनाका कारण भारतीय कलाकार बिक्रमजीतको निधन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles