Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कोरोना संक्रमण भएपछि गायक प्रकाश सपुतले भने…

$
0
0

काठमाडौं, १७ बैशाख । चर्चित गायक प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ। सपुतले फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

सपुतले आफूलाई कोरोना संक्रमण भएपछि आफ्नो सम्पर्कमा आएका सबैलाई पिसिआर परीक्षण गर्न आग्रह गरेका छन्

‘अन्ततः काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला’, सपुतले आफ्नो फेसबुकमा लेखेका छन्, ‘एकदमै धेरै शरिर दुख्ने/ गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएँ ।’

सपुतलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी हाल होम आइसोलेसनमा छन्। आफ्नो अवस्था सामान्य रहेको भन्दै उनले सबैलाई सतर्कता अपनाउन भनेका छन् ।

उनले लेखेका छन्- ‘म होम आईशुलेशनमामा छु । अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ !’

The post कोरोना संक्रमण भएपछि गायक प्रकाश सपुतले भने… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles