काठमाडौं, ६ बैशाख । बलिउड अभिनेत्री दिशा पटानी सामाजिक सञ्जालमा निकै सक्रिय हुने कलाकारमा पर्छिन् । उनले बेला-बेला मन लोभ्याउने तस्बिर र सेल्फी पोष्ट गरेपछि इन्टरनेट पनि तरङ्गति हुने गर्छ ।
सन् २०१६ मा ‘एम.एस धोनी: दि अनटोल्ड स्टोरी’बाट बलिउडमा डेब्यु गरेको पटानीले फेरि आफ्नो पोष्टबाट इन्टरनेट तताएकी छन् । सोमबार उनले आफ्नो इन्स्टाग्राममा ‘हट बिकिनी’ लगाएको तस्बिर पोष्ट गरेकी छन् ।
माल्दिभ्समा घुम्न गएकी पटानीले पोष्ट गरेको तस्बिर निकै कामुक देखिन्छ । उक्त तस्बिरमा पटानीले रातो बिकिनी लगाएर समुन्द्री तटमा घाम तापेकी छन् ।
पटानीले आफूले पोष्ट गरेको कामुक तस्बिरको क्याप्सनमा अक्टोपसको इमोजी मात्रै राखेकी छन् । फ्यानले नै यसको अर्थ लगाउन सकून् भनेर उनले इमोजी मात्रै राखेको अनुमान गर्न सकिन्छ ।
पटानीको तस्बिरलाई पोष्ट गरेको एक घण्टाभित्रै झण्डै एक मिलियन (१० लाख) लाइक गरिएको छ । उनका फ्यानले कमेन्ट सेक्शनमा लाइकसँगै हार्ट र फाइरका इमोजी समावेश गरेका छन् ।
दिशा पटानी आइतबार मात्रै विदा मनाउन माल्दिभ्स गएकी हुन् ।
यसैबीच उनी र अभिनेता टाइगर श्रफले केही समयदेखि डेटिङ गरिरहेको हल्ला समेत चलेको छ । तर दुबैजनाले यसबारे मुख खोलेका छैनन् । ‘ बागी-२’ अभिनय गरेका दुबैजनालाई फ्यानले पुन: सँगै देख्न चाहन्छन् ।
फिल्मको कुरा गर्ने हो भने पटानीले पछिल्लो पटक अभिनय गरेको ‘मलङ’ ले सफलता हात पारेको छ । केही समयपछि उनी सलमान खानसँगै ‘राधे: योर मोस्ट वान्टेड भाइ’ मा देखा पर्दैछन् ।
The post ‘हट बिकिनी’सँगै इन्टरनेट तताइन् दिशा पटानीले , पोष्ट गरेको १ घण्टामा १० लाख लाइक appeared first on Sajha Post.