Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

तमिल अभिनेता विवेख अस्पतालमा भर्ना

$
0
0

एजेन्सी, ३ बैशाख । चर्चित तमिल अभिनेता विवेकानन्दन (विवेख) लाई अस्पताल भर्ना गरिएको छ ।

बुधबार मुटुको धडकन रोकिएपछि (कार्डियाक अरेस्ट भएपछि) विवेकलाई अस्पताल भर्ना गरिएको हो । मुटुको धडकन रोकिएलगत्तै उनलाई अस्पताल लगिएको र हाल अति सघन उपचार कक्ष (आईसियु) मा राखेर उनको उपचार भइरहेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

बिहीबार ५९ वर्षीय विवेखले कोरोनाविरुद्धको खोप लगाएका थिए । खोप लगाएपछि उनले छाति दुखेको बताएका र शुक्रबार बेहोस भएरपछि उनलाई अस्पताल लगिएको हो ।

खोप लगाएको एक दिनपछि बेहोस भएता पनि खोपकै कारण छाति दुखेको कुरालाई अस्पतालले पुष्टि गरेको छैन । हाल उनको होस खुलेको र बोल्न थालेको समाचारमा बताइएको छ ।

विवेखले रन, सामी, पेराजागम र शिवाजीसहित २२० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । पद्म श्री पुरस्कारबाट विभुषित उनी विभिन्न सामाजिक अभियानमा समेत संलग्न छन् ।

The post तमिल अभिनेता विवेख अस्पतालमा भर्ना appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles