काठमाडौं, १ बैशाख । पछिल्लो समय दिवा योगा सेन्टर सञ्चालन गर्दै आएकी बलिउड अभिनेत्रीले मानिसहरुलाई भन्ने गर्छिन्- तन, मन र आत्मालाई सन्तुलनमा राख्न कि योगा गर्नुहोस् र कि जिम जानुहोस् ।
पछिल्लो समय अभिनेता अर्जुन कपुरसँग डेटिङ गरिरहेको छन् मलाइकाले । दुबैजनाले आफ्नो सामाजिक सञ्जालमा बेलाबेला तस्बिर समेत पोष्ट गर्छन् । तर यतिबेला सामाजिक सञ्जालमा मलाइकाले पोष्ट गरेको तस्बिरका कारण दुबैजनाका फ्यानहरु अलमलमा परेका छन् ।
केही समयअघि मलाइकाले सामाजिक सञ्जालमा एउटा तस्बिर पोष्ट गरेकी थिइन् । उक्त पोष्टमा उनले चम्किलो हिराको औंठी लगाएको तस्बिर राखेकी थिइन् ।
त्यसपछि धेरैले उनी र उनका प्रेमी अर्जुन कपुरबीच इङ्गेजमेन्ट भएको अड्कल काटे ।
तर कुरा अर्कै थियो । वास्तवमा मलाइकाले एउटा गहनाको विज्ञापन गरेकी थिइन् । उनले राखेको क्याप्सनबाट गहनाको विज्ञापन गरेको प्रस्ट हुन्छ ।
‘यो औंठी निकै अदभूत छ । यसलाई माया, माया, माया गर्नुहोस्, यहीबाट खुशी सुरु हुन्छ । @ornaz_com चेकआउट गर्नुहोस् । यदि तपाईंले आफ्नो जीवनको प्रेमलाई चम्काउने योजना बनाउनु भएको छ भने उनीहरुका इङ्गेजमेन्ट औंठी पूर्ण रुपमा सुन्दर छन्’ अरोराले क्याप्सनमा लेखेकी थिइन् ।
The post अर्जुनसँग डेटिङ गरिरहेकी मलाइकाले इङ्गेजमेन्टको झल्को दिने गरी औंठी लगाएपछि… appeared first on Sajha Post.