काठमाडौं, १३ माघ । नेपाली फिल्म ‘२ रुपैयाँ’ मा निश्चल बस्नेत मुख्य भूमिकामा देखिने भएका छन् । निर्देशन र आइटम डान्समा रमाइरहेका बस्नेतसँगै र ‘लभ साशा’मा केमियोको भूमिका निभाएका आशिफ पनि यस फिल्ममा अनुबन्ध भएका छन् ।
फागुन २० गतेबाट फ्लोरमा जाने भनिएको फिल्मलाई असिम शाहले निर्देशन गर्ने भएका छन् । फिल्मका लागि अभिनेत्री भने तय भइसकेको छैन । फिल्म ब्ल्याक हर्स र जी ट्वान्टी वनको संयुक्त ब्यानरमा बन्न लागेको हो । फिल्ममा निश्चल र आशिफका अलवा बुद्धि तामाङ राजन इसान रविन्द्र झा लगायतको अभिनय रहने छ ।
The post निश्चल बस्नेत अब ‘दुई रुपैयाँ’ मा खेल्ने appeared first on Sajha Post.