Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

महिलाबारे बोल्दा आफ्नी आमालाई मष्तिष्कमा राखेर बोल्नुस्ः करिष्मा

$
0
0

काठमाडौं, १७ फागुन । नेपाली सदावहार नायिका करिष्मा मानन्धरले महिलाबारे बोल्दा मष्तिष्कमा आफ्नी आमालाई राखेर बोल्न आग्रह गरेकी छिन् । नेकपा नेता रघु पन्तले कोमल ओलीबारे दिएको अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै नायिका मानन्धरले यस्तो टिप्पणी गरेकी हुन् ।

‘ठूला-ठूला विचार बोक्छु भन्ने दावी गरेका, ठूला ठूला नाम भएका हाम्रा राजनीतिक अभिभावकहरुको एक अर्काेप्रति टिप्पणी र प्रतिकार गर्ने शब्द चयन देखेर आश्चर्यमा पार्थ्यो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘घोचपेच र ठट्यौलीको अभिव्यक्ति हो कि भन्ने भान पनि भान हुन्थ्यो ।’

नायिका मानन्धरले अगाडि लेखेकी छिन्, ‘अब त हुँदा हुँदा शब्दमा अपराधिक मानसिकता पनि देखिन थाल्यो, त्यो अभिव्यक्ति सुन्दा पनि त्यो स्तरको संकीर्ण सोच र तुच्छ भावना बोकेको देखेर सेतै फुलेका बुज्रुकप्रति दया पनि लाग्यो ।’

उनले रघु पन्तको नाम नलिइकन सुझाव दिएकी छिन्, ‘आदरणीय, पहिला आफुले आफुलाई सम्मान गर्नुस्, अनि अरुलाई सम्मान गर्न स्वतः सक्नुहुनेछ । छोरीचेलीबारे केही बोल्दा आफ्नी जननीलाई मस्तिष्कमा राखेर बोल्नुस्, ताकी समाजले यो सुन्नु पर्दा लज्जा महसुस नहोस् ।’

The post महिलाबारे बोल्दा आफ्नी आमालाई मष्तिष्कमा राखेर बोल्नुस्ः करिष्मा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles