Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

ज्याकलिनले सकिन् ‘बच्चन पाण्डे’को छायांकन

$
0
0

मुम्बई, १५ फागुन । बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिन्जले ‘बच्चन पाण्डे’ को छायांकन सकेर युनिटसँगै मुम्बई फर्किएकी छिन् । जैसलमेरमा उनले यो फिल्मको अन्तिम छायांकन सकेकी हुन् ।

फिल्ममा ज्याकलिनको साथमा कृति सेनन पनि देखिन्छिन् । दुई नायिका रहेको खबर बाहिरिएपछि यो फिल्ममा अक्षयको जोडी को हो भन्ने अनुमान सुरु भएको छ ।

दुवै नायिकासँग अक्षय कुमार रोमान्स गर्ने भारतीय सञ्चार माध्यमले खबर लेखेका छन् । खबरहरुमा भनिएको छ, ‘ज्याकलिनको प्रवेश अक्षयको विगत स्मरण गर्दै हुन्छ। अक्षयको जवानीमा ज्याकलिन साथमा हुन्छिन्। अक्षय जुँगा पालेको गेटअपमा ज्याकलिनसँग रोमान्स गर्दै देखिने छन्। यो जोडीमाथि एउटा गीत पनि खिचिएको छ ।’

अक्षयको वर्तमान देखिने कृतिको भागमा दारी पालेको अक्षय देखिन्छन् । निर्देशन फरहाद सामजीलेले निर्देशन गरेको फिल्ममा ज्याकलिन र अक्षय कसरी अलग भए भन्ने कुरा रहस्यमा राखिएको छ ।

The post ज्याकलिनले सकिन् ‘बच्चन पाण्डे’को छायांकन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles