Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘हल अफ फेम सिजन-२’मा ११ जना आमनेसामने

$
0
0

काठमाडौँ, ११ माघ ।

एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित हल अफ फेम सिजन २ को चौथो एपिसोड प्रसारण भएको छ ।  नेपाली समय अनुसार शनिबार राती ८ बजे हिमालय टेलिभिजन र एमएनटीभी अष्ट्रेलियाका प्लाटफर्महरुमा प्रशारण हुने कार्यक्रममा अष्ट्रेलियाबाट एक सानो प्रतिस्पर्धी र बाँकी १० जना नेपालबाट सहभागिता जनाउँदैछन् ।

मनिगमर शेर्पा, समिर लिम्बु, सुदिक्क्षा तामाङ, सुदिप जैरु, सुप्रिया पौडेल, सुरेन लिम्बु, सूस्थ खड्का, टेस्वाङ शेर्पा, उसहन अधिकारी, रोनिस श्रेष्ठ नेपालबाट र आँचल वस्याल, अष्ट्रेलियाबाट प्रतिस्पर्धामा छन् ।

रियालीटी शो भन्ने बित्तिकै रंगिन स्टेज, झकिझकाउ माहौल र चम्किला लाइट्सहरुको एकतमासको प्रदर्शनका रुपमा बुझ्ने धारणा विश्वभरि रहेको छ । यद्यपि, हल अफ फेम एउटा यस्तो सरल र विशुद्ध रियालीटी शो हो जहाँ निर्णायकहरु र प्रतिस्पर्धीहरु दुबै आआफ्नै घरबाट सहभागी हुन्छन् । अत्यन्त सरल तर उत्साहप्रद यस रियालीटी शो मा पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठको सञ्चालनले चौतर्फी प्रशंसा कमाइरहेको छ ।

वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा व्याण्डका विवेक श्रेष्ठ र रेजिना रिमाल भर्चुअल माध्यमबाट निर्णायकको भूमिकामा रहेका छन् । ३ पुस्ताका यी ३ निर्णायकहरुको मुल्याकंन अनि विचारले यस शो लाई थप रौनक प्रदान गरेको छ ।

भर्चुअल्ली अडिशन लिइने यस रियालीटी शो मा ३ जना निर्णयकहरुले अडिशन हेरिसकेपछि आआफ्ना कमेन्टका आधारमा कूल १० अकंमा प्रतिस्पर्धीहरुको गायकीलाई अकं प्रदान गर्छन् । यिनै अकंका आधारमा उक्त प्रतिस्पर्धीको हल हफ फेमको आगामी यात्रा तय गरिन्छ ।

दर्जनभन्दा धेरै देशमा रहेका नेपालीहरुले उत्साहपूर्ण सहभागीता जनाएका यस गायन रियालीटी शो हल अफ फेमले विश्वभरि छरिएर रहेका नेपाली गायन ट्यालेन्टहरुलाई एउटा साझा थलो प्रदान गरेको छ । मोरङ्गदेखि मलवर्नसम्मका नेपाली गायकीहरुलाई एउटा सुत्रमा बाँध्न र शोकेस गर्न सफल यस कार्यक्रममा पुराना तथा नयाँ नेपाली गीतहरु र गायकीहरु हेर्न सकिन्छ ।

 

हल अफ फेमका अन्य एपीसोडका लिंकहरु-

The post ‘हल अफ फेम सिजन-२’ मा ११ जना आमनेसामने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles