Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘मुन्द्रेको कमेडी क्लब’मा जोडिएपछि करिश्माको सहृदयी अपिल

$
0
0

काठमाडौं, १९ असोज । कोरोना महाव्याधिका कारण प्रभावित ‘मुन्द्रेको कमेडी क्लब’ पुनः सञ्चालनमा आउने भएको छ । हास्यकलाकार जीतु नेपालले सञ्चालन गर्दै आएको यो शो छिट्टै नेपाल टेलिभिजनबाट प्रसारण हुँदैन ।

तर नयाँ शोहरुमा अध्यक्षता गर्न दिपा श्री निरौला आउनेछैनन् । अध्यक्षको कुर्सीमा अब सदावहार नायिका करिष्मा मानन्धर रहनेछिन् ।

पहिलो सिजनमा अध्यक्षता गरेकी निरौलालाई निरन्तरता किन नदिएको भन्नेबारे सञ्चालन नेपालले केही बताएका छैनन् । यसबारे निर्देशक तथा कलाकार दीपाश्रीले पनि स्पष्ट पारेकी छैनन् तर आफू अब शोमा नरहने भने बताएकी छिन् ।

फेसबुकमार्फत निरौलाले पहिलो सिरिजमा अध्यक्षमा चुनेर रमाइलो कुर्सीमा बस्ने अवसर दिएकोमा जीतु नेपाललाई धन्यवाद दिएकी छन् । उनले निकट भविष्यमा केही फरक कार्यक्रमका साथ टेलिभिजनमा फर्किने स्पष्ट पारेकी छिन् ।

शोको ४ भागको छायांकन पूरा भइसकेपछि नायिका मानन्धरले एक शालीन र सहृदयी लाग्ने सन्देश सोमबार सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । जितुसँगको तस्बिरसँगै उनले सार्वजनिक गरेको सन्देश यस्तो छ-

जीवन विभिन्न भावनाले भरिएको छ,
अनि
हाँसो सबैभन्दा उत्कृष्ट अभिव्यक्ति हो, जसले एक अर्कोलाई सजिलै जोडिदिन्छ । मेरो र हामी सबैको प्रिय स्ट्यान्डअप कमेडीका प्रखर कलाकार जितु नेपालको ‘ मुन्द्रे कमेडी क्लब’को यो दोस्रो सिजनमा परिवारको रूपमा जोडिएको छु । आशा छ हजुरहरुले यो नयाँ कोसिस मनपराइदिनु हुनेछ ।

जुन सुमधुर सम्बन्ध जितु र मेरो परिवारबीच थियो, त्यो सम्बन्धलाई यो यात्राले अझै फराकिलो स्थान प्रदान गर्नेछ भन्ने लागेको छ र जुन सम्बन्ध मेरो दर्शकसँग चलचित्रको माध्यमले जोडिएको थियो, यो माध्यमबाट अझै प्रगाढ हुनेछ भन्ने बिश्वास लिएको छु ।

अवश्य पनि पुरानो सिजनबाट केही प्रेरणा सापटी लिनेनै छु । 🙂

The post ‘मुन्द्रेको कमेडी क्लब’मा जोडिएपछि करिश्माको सहृदयी अपिल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles