काठमाडौं, १० असोज । पछिल्लो समय एकपछि अर्को चर्चित गीतहरु नेपाली सांगीतिक आकाशमा पस्किएर चर्चाको शिखरमा पुग्न सफल गायिका सुजाता केसी र लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘ओई कान्छी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
दिपक शर्माको शब्द तथा संगीत रहेको गीतलाई गायिका सुजाता केसी र गायक प्रमोद खरेलले आवाज दिएका छन् ।
छायाँकार अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडियोलाई कजिस श्रेष्ठले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् भने सार्वजनिक म्युजिक भिडियोमा लोकप्रिय नायक पल शाह र नायिका पुजा शर्मालाई फिचर्ड गरिएको छ । भिडियोलाई सुशील शर्माले निर्माण गरेका हुन् ।
हेर्नुहोस्भि डियो हेर्नुहोस्-
The post प्रमोद र सुजाताको ‘ओई कान्छी’ मा पल र पुजाको रोमान्स (भिडियोसहित) appeared first on Sajha Post.