Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

पुष्प र दीपिका ‘कृष्ण लीला’मा

$
0
0

काठमाडौं, ७ असोज । दीपक ओलीको निर्देशनमा बन्न लागेको चलचित्र ‘कृष्ण लीला’मा पहिलोपटक अभिनेता पुष्प खड्का र अभिनेत्री दीपिका प्रसाईंको जोडी जम्ने भएको छ । चलचित्रमा पुष्प लभर ब्वाईको भूमिका देखिनेछन् ।

गत हप्ता निर्माण टिमले खड्का र प्रसाईसँगै सम्झौता गरेको हो । चलचित्रको कथा, पटकथा र संवादमा भने सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदी काम गरिरहेका छन् ।

चलचित्रमा बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहने निर्माण पक्षले जनाएको छ । कमेडी विषवस्तुमा निर्माण हुन लागेको चलचित्रको छायांकन असोज १५ गतेबाट सुरु हुने सोचमा निर्देशन ओली रहेका छन् । यद्यपि, सरकारले चलचित्र निर्माणसम्बन्धी कामलाई प्रतिबन्धकै सूचिमा राखिरहेको छ ।

रोहित कट्टेलको प्रस्तुति रहने चलचित्रमा अर्जुन पोखरेलको संगीत रहनेछ । रत्न श्रेष्ठ निर्माता रहेको चलचित्रको छायांकन शिव ढकालले गर्नेछन् ।

The post पुष्प र दीपिका ‘कृष्ण लीला’मा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles