Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बलिउड नायिका कंगनाको अफिसमा डोजर चल्यो

$
0
0

एजेन्सी, २४ भदौ । बलिउड अभिनेत्री कंगना रनाउतको अफिसमा डोजर चलेको छ । बृहन्मुम्बई महानगरपालिका (बीएमसी)ले अवैध रूपमा निर्माण गरिएको कारण देखाउँदै डोजर प्रयोग गरी उनको कार्यालय भत्काएको हो ।

अफिसको निर्माण अवैध तरिकाले भएको भन्दै २४ घन्टाको अल्टिमेटमसहित बीएमसीले नोटिस टाँसेको थियो । तर केही समयपछि नै कंगना मुम्बई पुग्‍नुभन्दा अगावै  उनको अफिसमा डोजर, क्रेन, हथौडा लिएर बीएमसीका कर्मचारी र मजदुर पुगेका थिए र उनीहरुले अफिस भत्काएका छन् ।

आफ्नो अफिसमा डोजर चलेपछि कंगनाले ट्विटरमार्फत विरोध जनाएकी छिन् । उनले, यो आफ्नो अफिस मात्र नभएर राम मन्दिर भएको पनि उल्लेख गरेकी छन् भने चाँडै नै यो मन्दिर फेरि निर्माण हुने दाबी गरेकी छन् । उनले आफ्नो अफिसमा बाबरको प्रवेश भएको बताएकी छिन् ।

कंगनाले आफू आउनु अगाडि नै महराष्ट्र सरकारका गुन्डाहरु आफ्नो अफिस पुगेको र अफिस भत्काएको बताउँदै  बीएमसीको विरुद्धमा उच्च न्यायलयमा उजुरी पनि दिएकी छिन् ।

बीएमसीले अफिसको भूँईतलामा भान्सा, शौचालय, क्याबिन, पूजा कोठासहितका कयौं संरचनाको निर्माण अवैध तरिकाले गरेको दाबी गरेको छ । केही दिन अघि उनले गुण्डाभन्दा मुम्बई प्रहरीसँग बढी डर लाग्‍ने पनि बताएकी थिइन्।

आफ्नो ज्यानको खतरा रहेको बताउदै उनले हिमाञ्चल प्रदेश वा केन्द्र सरकारलाई सुरक्षा दिन आग्रह गरेकी थिइन् जसमा हिमाञ्चल प्रदेश सरकारले उनलाई ११ जना सुरक्षाकर्मीसहितको वाई ग्रेडको सुरक्षा प्रदान गरेको छ।

The post बलिउड नायिका कंगनाको अफिसमा डोजर चल्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles