लस एन्जेलस, १३ भदौ । अमेरिकी अश्वेत चर्चित अभिनेता चाडविक बोसम्यानको युवाअवस्थामै निधन भएको छ ।
क्यानसरसँग लामो समयदेखि जुधिरहेका बोसम्यानको शुक्रबार ४३ बर्षको उमेरमा लस एन्जेलसस्थित आफ्नै निवासमा निधन भएको हो ।
ब्ल्याक प्यान्थर नामक चलचित्रबाट विश्व विख्यात भएका बोसम्यानले अरु धेरै चर्चित चलचित्रमा अभिनय गरेका छन् ।
उनको परिवारजनले दिएको जानकारीअनुसार बोसम्यानलाई विगत चार बर्षदेखि आन्द्रामा क्यान्सर भएको पुष्टि गरिएको थियो ।
दक्षिण क्यारोलिनामा जन्मिएका बोसम्यानको निधनको खवर थाहा पाएपछि उनका समर्थकहरुले विश्वभरीबाट उनिप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।
The post ‘व्ल्याक प्यान्थर’ बाट चर्चित अभिनेता बोसम्यानको निधन appeared first on Sajha Post.