Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

तीजमा बसन्तले ल्याए ‘रातो छ साडी’

$
0
0

नर्थ क्यारोलाइना, ६ भदद्य । कञ्चन म्युजिक इन्टरटेनमेन्टले शुक्रबार दर खाने दिन तीजको अवसरमा ‘रातो छ साडी’ बोलको कर्णप्रिय गीत सार्वजनिक गरेको छ । अमेरिकाको नर्थ क्यारोलाइनाबाट आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको रचना बिनोद रोकाले गरेका हुन् भने बसन्त खड्काको संगीत र स्वर रहेको छ । यो गीतको संगीत संयोजन दीप तुलाधरले गरेका छन् ।

गीतको भोकल रेकर्डिङ् नर्थ क्यारोलाइनाको केरीस्थित समीर मानन्धरले आफ्नै स्टुडियोमा गरेका हुन् भने सम्पादनको काम काठमाडौँको कमलपोखरीस्थित भ्वाइस रेकर्डिङ् स्टुडियोमा गरिएको हो । गीतको ध्वनि सम्पादन (अडियो ईञ्जिनियरिङ्ग) संगीत संयोजक दीप तुलाधरले नै गरेका छन् । लिरिकल भिडियोको सम्पादन वर्ल्ड कवर मिडियाका लोकेश भट्टले गरेका छन् ।

तीजको गीतहरू प्रायजसो महिलाको दृष्‍टिकोणबाट लेखिने गरेकोमा गीतकार बिनोद रोकाले यस गीतमा पुरुषको दृष्‍टिकोणबाट महिलाको चित्रण गर्ने प्रयास गरेका छन् । परम्परागत तीज गीतको भन्दा पृथक खालको संगीत गरेर बसन्त खड्काले यो गीतमार्फत नयाँ चुनौतिको सामना गरेका छन् । लेखन र संगीत दुवै हिसाबले तीजको यो गीत फरक स्वादको बनेको छ ।

यसअघि नेपालका सुप्रसिद्ध गजलकारहरूको गजल समेटेर बसन्त खड्काले ‘मृगतृष्णा’ नामक एल्बम स्रोतासामु ल्याएका छन् भने ‘गोधुली’, ‘लालिमा’ ‘छहरा’, ‘बेस्ट अफ बसन्त खड्का १ र २’ लगायतका गीति एल्बम पनि बसन्तका अन्य सांगीतिक सिर्जना हुन् ।

The post तीजमा बसन्तले ल्याए ‘रातो छ साडी’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles