काठमाडौं, २६ असार । चर्चित गायक प्रकाश सपूतले बन्दाबन्दी दर्शक स्रोतालाई उपहारस्वरुप ‘नमस्कार’ लिएर आएका छन् । उनी आफ्नो नयाँ ‘नमस्कार’ गीत लिएर आएका हुन् ।
गायक सपुतले बिहीबार युट्युबमा सो गीत दर्शकमाझ सार्वजनिक गरेका छन् ।
एक दिन पूरा नहुँदै झण्डै दुई लाख बढी हेरिसकिएको गीतको शब्न गायक आफैंले लेखेका हुन् । आफ्नै अफिसियल च्यानलबाट सार्वजनिक गीत दर्शक स्रोताले रुचाउने उनको विश्वास छ ।
यसअघि पनि ‘गलबन्दी’ जस्ता हिट गीत दिइसकेका सपुत यो गीतबाट पनि आशावादी छन् ।
The post बन्दाबन्दीमा दर्शक स्रोतालाई प्रकाश सपुतको उपहार- नमस्कार appeared first on Sajha Post.