एजेन्सी, २६ असार । कोरना भाइरसका कारण करिब तीन महिनापछि जीवन विस्तारै पुरानो लयमा फर्किरहेको छ । महाराष्ट्र सरकारले ‘अनलक-१’ अन्तर्गत लकडाउन केही खुकुल्लो पारेसँगै मानिसहरु आफनो काममा फर्किन थालेका छन् ।
नयाँ निर्देशिकाअनुसार सामाजिक दूरी कायम गरी मनोरञ्जन जगत समेत खुल्न थालेको छ । केही सिरियलहरुले यसअघि नै छायांकन शुरु गरिसकेका छन् ।
प्रायः दिनहुँ कुनै न कुनै कलाकारले छायांकन स्थलको आफनो फोटो सार्वजनिक गर्ने गरेको छन् । त्यस्तै सन्न लियोनीले पनि आफ्नो छायांकनको एउटा फोटो शेयर गरेकी छिन् । फोटोमा सन्नी नृत्य गरिरहेकी छिन् तर उनको सहयोगी डान्सरले मास्क लगाएकी छिन् ।
यसबाट अनुमान लगाउन सकिन्छ कि छायांकन स्थलमा सुरक्षाको उपायहरु अपनाइएको छ । अब कलाकारले छायांकनको तरिका बदलेर आफनो काम फर्किरहेका छन् ।
The post पुनः काममा फर्किइन् सन्नी लियोनी, सार्वजनिक गरिन् छायांकनको फोटो appeared first on Sajha Post.