Quantcast
Viewing all articles
Browse latest Browse all 3084

अनिलले मञ्चबाट झोक्किँदै सोनमलाई भने, ‘आफ्नो बाबुसँग केही सिक’

मुम्बई । बलिउड अभिनेता अनिल कपूरकी छोरी सोनम कपूर आफ्नो बानी व्यवहारका कारण बेलाबेलामा चर्चामा आइरहन्छिन् । र, त्यसको उदाहरण हो एक अर्वाड फंशनमा उनको हर्कत ।
एक अवार्ड कार्यक्रममा अनिल र सोनम दुवै उपस्थित भएका थिए । कार्यक्रममा फिल्म ‘नीरजा’ का निर्देशक राम माधवानी र ‘पिंक’ का अनिरुद्ध राय चौधरीले २०१६ को उत्कृष्ट फिल्ममेकरको अवार्ड हात पारेका थिए ।
यसै क्रममा जब उनी आफ्ना भाइ बोनी कपूरको साथ ती निर्देशकलाई अवार्ड दिइरहेका थिए, तब निरजाको पुरा टिमलाई मञ्चमा बोलाइएको थियो । तर सोनम त्यहाँ आइनन् । उनी स्टेज पछाडि केही साथीहरुसँग गफ गरेर बसिरहेकी थिइन् अर्थात व्यस्त थिइन् । उनले मञ्चबाट केही पटक उनको नाम बोलाए तर सोनमले सुनिनन् अथवा वास्ता नै गरिनन् ।
यतिबेला उनको रिसले सिमा नाघिसकेको थियो । रिसले झोक्किँदै अनिलले माइकमा भने, ‘आफ्नो बाबुसँग केही सिक ।’ यसपछि सोनमले बाबुलाई ध्यान दिइन् र सिधै मञ्चमा गइन् ।
मञ्चमा पुगेको केहीबेरमा नै उनी कार्यक्रमबाट हतारिँदै निस्किइन् । सोनमलाई अघिल्लो वर्ष निरजाले राहत दिएको थियो ।

The post अनिलले मञ्चबाट झोक्किँदै सोनमलाई भने, ‘आफ्नो बाबुसँग केही सिक’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles