Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सलमान-करणको फिल्ममा हिरो बन्दै अक्षय, पहिलोपटक एकसाथ आउँदैछन् यी तीन

$
0
0

एजेन्सी । बलिउड स्टार सलमान खान, अक्षय कुमार र करण जोहरका फ्यानका लागि एक खुशीको खबर छ । यी तीनसुपरस्टार एक साथ एक फिल्ममा आउने भएका छन् ।

बलिउडका हस्ती मानिने सलमान र करण पहिलोपटक निर्माताका रुपमा एकसाथ देखिने भएका छन् । तर यस फिल्ममा हिरोको रुपमा बलिउडका खेलाडीका खेलाडी अक्षय कुमार हुने बताइएको छ । तर हिरोइन को हुने भन्ने खुलाइएको छ ।

सलमान खान र अक्षय कुमार बलिउडका सुपरस्टार हुन् भने करण जोहर सुपरहिट फिल्मका निर्माता मानिन्छ । करणले आफ्नो धर्मा प्रोडक्शनको माध्यमबाट फिल्म बनाउँदै आएका छन् । उता सलमान खान भने फिल्म ‘बजरंगी भाईजान’ बाट निर्माताको भूमिका शुरुआत गरेका थिए ।

अक्षय कुमार र करण जोहरले ट्विट गरेर यो खुलासा गरेका हुन् । अक्षयले ट्विट गर्दै भनेका छन्, ‘मेरा दुई साथीहरु सलमान खान र करण जोहर एक फिल्म प्रोडक्शनको लागि सँगै आउने भएका छन् जसमा म हिरो हुनेछु । यो फिल्म सन् २०१८ मा रिलिज हुनेछ ।’

उता करण जोहरले यसको बारेमा ट्विट गर्दै भनेका छन्, ‘यस फिल्मलाई अनुराग सिंहले निर्देशन गर्नेछन् जुन सन् २०१८ मा रिलिज हुनेछ ।’

The post सलमान-करणको फिल्ममा हिरो बन्दै अक्षय, पहिलोपटक एकसाथ आउँदैछन् यी तीन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles