Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन

$
0
0

मुम्बई, १९ असार । बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको ७१ बर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ । उनले हवा हावाइ, ढक ढक र एक दो तीनलगायतका दर्जनौ चर्चित गितको नृत्य निर्देशन गरेकी थिईन् । उनि बलिउडमा झण्डै चार दशक सक्रिय भएकी थिईन् ।

तीन पटक राष्ट्रिय अवार्ड विजेता खान पछिल्लो केही समयदेखि अस्वस्थ भएकी थिईन् । उनलाई गत जुन २० मा गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कोरोना परिक्षण समेत गरिएपनि संक्रमण भने नदेखिएको चिकित्सकहरुले बताएका छन् ।

‘उहाँको गएराती २.३० मा अस्पतालमै निधन भयो,’ खानका भान्जा मनिष जग्वानीले  भने । खानका एक छोरा राज खान र छोरी सुकैना खान रहेका छन् । उनको निधनप्रति भारतका सयौँ कलाकार र लाखौँ सुवेच्छुकहरुले दुःख व्यक्त गरेका छन् ।

The post बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles