एजेन्सी । पूर्व मिस युनिभर्स तथा अभिनेत्री सुष्मिता सेनका फ्यानहरुका लागि खुशीको खबर आएको छ । सुष्मिता सेन अब चाँडै नै आफ्नो एक्टिङमा कमब्याक गर्दै छिन् । डिज्नी प्लस हटस्टारको वेब सिरिज आर्यामार्फत सुष्मिता सेन आफ्ना फ्यानहरु सामू आउँदै छिन् । यो वेब सिरिजको ट्रेलर २ जूनमा रिलिज हुँदैछ ।
डिज्नी प्लस हटस्टारले ट्वीटरमा ट्रेलर शेयर गरेको छ । उक्त ट्रेलरमा सुष्मिता डोरीमा कडा एक्सरसाइज गरेको देखाइएको छ । सम्भवतः त्यो उनको भूमिकाको झलक हुनसक्छ ।
उक्त सिरिजको निर्देशन राम माधवानीले गरेका हुन् । आर्या एक डच नाटक हो जसलाई हिन्दी भाषामा अडप्ट गरिनेछ । यो कहानीलाई राजस्थानमा शूट गरिएको छ ।
सुष्मिता पछिल्लोपटक २०१० मा रिलिज फिल्म नो प्रबलममा देखिएकी थिईन् ।
The post दश वर्षपछि यो वेब सिरिजबाट कम ब्याक गर्दै छिन् सुष्मिता सेन appeared first on Sajha Post.