काठमाडौ, २७ पुस । प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्मलाई माधव वाग्लेले निर्माण गरेको चलचित्र ‘लभ सासा’ को प्रिमियर शो सम्मपन्न भएको छ ।
मंगलबार साझ काठमाडौंको कुमारी हलमा प्रिमियर शो आयोजना गरिएको थियो । उक्त फिल्ममा केकी अधिकारी, कर्मा शाक्य र आसिफ शाहको मुख्य भूमिका रहेको छ ।
बिहीबारदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्मको प्रिमियर शो मा नायिकाहरु प्रियंका कार्की, निशा अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, वेनिशा हमाल, स्वस्तिमा खड्का, निर्देशक निश्चल बस्नेत, कोरियोग्राफर रेनशा वान्तवा लगायत सञ्चारकर्मीहरुको बाक्लो उपस्थिती थियो ।
त्रिकोणात्मक प्रेमका साथै अविवाहित युवतीको मनोभावनालाई दर्शाउन खोजिएको फिल्म ‘लभ सासा ‘ प्रिमियर शो बाट राम्रै प्रतिकृया आएको फिल्म यूनिटले जानकारी दिएको छ ।
The post चलचित्र लभ सासाको प्रिमियर शो सम्पन्न, विहीबारदेखि देशभर प्रदर्शनमा appeared first on Sajha Post.