Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सनीको माग बढ्दो, एकै रातमा छ पटक नाचिन्

$
0
0

मुम्बई । पुर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सनी लियोनको डान्सले आममानिसको ध्यान तान्ने गरेको छ । सनी जहाँ जान्छिन् फ्यानहरु  उनको डान्सको माग गरिरहेका हुन्छन् । चाहे ‘बेबी डल’ होस् या ‘लैला तेरी ले लेगी’, ‘पानी वाला डान्स’ अथवा ‘लैला में लैला’ नै किन नहोस् । मानिसहरु जतिसक्दो धेरै उनको प्रस्तुती हेर्न चाहन्छन् । यस्तै एक कार्यक्रममा सनीले एउटा गीतमा छ पटक डान्स गर्नुपरेको बताइएको छ । सायद कहिल्यै यस्तो भएको थिएन ।

हालै नयाँ वर्षको अवसरमा कोलकोताको अम्यूजमेन्ट पार्कमा सनीले आफ्नो प्रस्तुती दिइरहेकी थिइन् । जहाँ उनको फ्यानको माग यति बढ्यो कि उनले आफ्नो भर्खरै सार्वजनिक भएको ‘लैला में लैला’ मा मात्रै लगातार छ पटक डान्स गर्नुपर्‍यो ।

सनीले अरु केहि गीतमा पनि डान्स गर्ने तयारी गरेकी थिइन् । तर यस गीतको लोकप्रियताको कारण उनको डान्स मानिसहरुलाई यति मनपर्‍यो कि एउटै गीतमा छ पटक नाच्नुपर्‍यो ।

सन्नीको नाचमा कोलकाताको दर्शक झुमेका थिए । मानिसहरुको उत्साह यसरी बढ्यो कि सिटमा बसेकाहरु उभिएर नाच्न थाले ।

 

The post सनीको माग बढ्दो, एकै रातमा छ पटक नाचिन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles