Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कोरोनाविरुद्ध लड्न अजयले गरे ५१ लाख सहयोग

$
0
0

काठमाडौँ, २० चैत । भारतमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । यो महासंकटमा बलिउड कलाकारहरुले दिल खोलेर सहयोग गरेका छन् । तीमध्येका एक हुन् अजय देवगन । उनले यो महासंकटमा भाइरसविरुद्ध लड्न ५१ लाख सहयोग गरेका छन् ।

उनले ५ लाख फिल्ममा काम गर्ने कामदारहरुलाई दिने निर्णय गरेका छन् । त्यस्तै अन्य खर्च भाइरसविरुद्ध लड्न खर्च हुने बताइएको छ । उनले यस कठिन घडीमा अन्य कलाकारहरुलाई समेत सहयोग गर्न आग्रह गरेका छन् ।

भारतमा कोरोना भाइरसका कारण बुधबारमात्रै २३ जनाभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै हालसम्म मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

बुधबार ६०१ जनाभन्दा बढी संक्रमितहरु फेला परेका छन् । पछिल्लो रिपोर्ट अनुसार भारतमा संक्रमितको संख्या एक हजार ९९८ पुगेको छ ।

The post कोरोनाविरुद्ध लड्न अजयले गरे ५१ लाख सहयोग appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles