Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

पुरुषलाई भोट नहालौं, च्यालेन्ज गरौंः रेखा थापा

$
0
0


काठमाडौं, २५ फागुन । चर्चित नायिका तथा राप्रपा (संयुक्त) की सह–महामन्त्री रेखा थापाले महिलाहरु आफ्नो अधिकारको लागि आफैं लड्नुपर्ने बताईन् । ‘ठूला–ठूला समारोह, वा पाँचतारे होटलमा नारी दिवसको कार्यक्रम गरेर मात्रै हुँदैन्, अझैपनि नारीहरु उत्पीडन, दुःख र अन्यायमा छन्,’ उनले भनिन्, ‘हामीले उनीहरुले यो दिवस सेलिव्रेशन नै गर्दैनन् ।’

अधिकार र अवसर कानूनमा पाएपनि अझैपनि व्यवहारमा त्यो लागु नभएको उनको गुनासो छ । महिला नेतृहरु कोटा प्रवृत्तिबाट अघि बढ्न नहुने पनि उनले आफ्नो तर्क गरिन् ।

११०औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले संसदमा भएका महिला नेतृहरुले महिलासम्बन्धीका नीति तथा कार्यक्रम बनाउँदा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्नुपर्ने पनि बताईन् ।

उनले भनिन्,‘महिला भनेको श्रृंगारको वस्तु होईन, हामी पनि वस्तु बन्न लालायित नहोऔं । अहिलेपनि हाम्रो समाजमा महिला बनाउने तालिम दिईन्छ । म भन्छु अब महिला बन्नको लागि होईन, आत्मनिर्भर बन्नुपर्छ । हामी सह–अस्तित्वमा बाँच्ने कोशिस गरौं ।’ उनले अहिलेपनि विश्वव्यापी रुपमा पुरुषहरुको दबदबा रहेको जिकिर गरिन् ।

उनले महिलालाई नेतृत्वमा ल्याउने कुरामा महिलाहरुको नै मुख्य हात रहेको बताईन् । उनले भनिन्,‘हामी भोट नहालौं न । हामी सधैंभरि दमित भएर नबसौं । च्यालेन्ज गरौं ।’

उनले नारीको मन कमजोर बनाउनुपर्ने अवस्था नरहेको जिकिर गरिन् । उनले नारीभन्दा पनि मान्छे हौं भन्ने अनुभुति हुनुपर्ने पनि बताईन् । उनले आजैबाट पटक–पटक नारी दिवस नमनाउन र छोरी भएर बाँच्नुपर्ने डर अन्त्य गर्नसमेत आग्रह गरिन् । ‘आफ्नो क्षमताको विकास गरौं, आफैं लड्नुपर्छ ।’

The post पुरुषलाई भोट नहालौं, च्यालेन्ज गरौंः रेखा थापा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles