Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘जात्रा’ले मनायो ५१ औं दिन, गर्‍यो ५ करोडको व्यापार

$
0
0

काठमाडौं, १६ पुस । नेपाली फिल्म ‘जात्रा’ले आज प्रदर्शनको ५१ औं दिन मनाएको छ । कात्तिक २६ गतेबाट रिलिज भएको फिल्मले हालसम्म ५ करोडको ग्रस कलेक्शन गरेको बताइएको छ ।

नेपाली चलचित्रको इतिहासमा हालसम्मको सर्वाधिक व्यापार गरेको ‘छक्का पञ्जा’ले १०० दिन मनाइसक्दा जात्राले पनि सफलताको स्वाद चाखेको छ ।

राजधानीका केही मल्टिप्लेक्सहरुमा चलचित्रले अझैपनि हल पाइरहेको छ भने बिहीबारबाट सर्लाहीको हरिवनमा पनि प्रदर्शन सुरु भएको छ ।

निर्देशक प्रदिप भट्टराईका अनुसार चलचित्र समिक्षक र वर्ड अफ माउथका कारण फिल्मले ५१ दिनमा पनि दर्शकको साथ पाइरहेको हो ।

फिल्ममा रविन्द्रसिंह बानियाँ, विपिन कार्की, बर्षा राउत, प्रेक्षा बज्राचार्य, रविन्द्र झा, प्रकाश घिमिरे, प्रविन खतिवडा लगायतका कलाकारले प्रमुख भूमिका निभाएका छन् ।

The post ‘जात्रा’ले मनायो ५१ औं दिन, गर्‍यो ५ करोडको व्यापार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles