Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

नेपाली भाषाको फिल्म बनाउँदै प्रियंका चोपडा

$
0
0

काठमाडौं, १४ पुस । बलिउडदेखि हलिउडसम्म चर्चामा रहेकी अभिनेत्री प्रियंका चोपडाले नेपाली भाषाको फिल्म बनाउने भएकी छन् । आफ्नो ‘सपनाको फिल्म’ को रुपमा लिएकी उनको फिल्म सिक्किमेली–नेपाली फिल्म हुनेछ ।

उनको आफ्नै कम्पनी पर्पल पेबल प्रोडक्सनले बनाउन लागेको उनको नयाँ चलचित्रबारे उनकी आमा मधु चोपडाले मुख खोलेकी हुन् । भारतीय मिडिया टाइम्स अफ इन्डियामा अनुसार फिल्मको नाम ‘पउआ’ हो जसको अर्थ पाहुना हुन्छ ।

प्रियंकाकी आमा मधुले यो फिल्म युद्धको समयमा बाबुआमाबाट छुट्टिएका बालबालिकामा केन्द्रित हुने जानकारी दिएकी छन् । उनले फिल्मका लागि सिक्किमदेखि नेपालसम्मका कलाकार लिने जनाएकी छन् ।

The post नेपाली भाषाको फिल्म बनाउँदै प्रियंका चोपडा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles