एजेन्सी, ९ मंसिर । के-पप स्टार गो हारा मृत फेला परेकी छन् । हारालाई उनकै निवासमा मृत भेटिएको कोरियाली समाचार माध्यमले जनाएका छन् ।
गो हारा आइतबार राति आफ्नै निवासमा फेला परेकी हुन् । हाल उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ । उनले आत्महत्या गरेको आशंका गरिएको थियो । यसअघि मे महिनामा समेत उनले आत्महत्याको प्रयास गरेकी थिइन् ।
हारा महिलाहरुको सांगीतिक समूह काराकी सदस्य समेत हुन् । आफ्नो सांगीतिक कलाका कारण उनी कोरियामा निकै चर्चित भएकी थिइन् ।
यो पनिः
पहिला सामाजिक सञ्जालका कारण करिअर छाडिन्, अन्ततः आत्महत्या गरिन्
गो हाराको जन्म सन् १९९१ मा दक्षिण कोरियाको ग्याङजुमा भएको थियो । उनी सन् २००८ मा कारा समूहमा आबद्ध भएकी थिइन् । गो हाराले विभिन्न नाटक र फिल्ममा समेत अभिनय गरेकी छन् ।
कारा समूहमा सुरुमा ७ जना सदस्य थिए । सन् २००७ मा पहिलो पटक आफ्नो सांगीतिक यात्रा सुरु गरेको थियो । उक्त समूहका क्युपिड र स्टेप जस्ता गीत निकै हिट भएका थिए ।
कारा समूहमाथि सन् २०१६ मा प्रतिबन्ध लगाइएको थियो ।
The post के-पप स्टार गो हारा आफ्नै निवासमा मृत फेला परिन् appeared first on Sajha Post.