काठमाडौँ, ९ मंसिर । बलिउडका चर्चित अभिनेता टाइगर यतिबेला फिल्म बागी ३ को सुटिङमा व्यस्त रहेका छन् ।
मिडिया रिपोर्टका अनुसार उनले सर्भियामा लगातार २५ दिनसम्म एक्सन सिनको सुटिङ गरेका छन् ।
बागी, बागी २ सुपरहिट भएपछि फिल्म निर्देशक अहमद खानले बागी ३ निर्माण गर्ने बताएका थिए ।
यस फिल्मलाई साजिद नाडियावालाले निर्माण गरेका हुन् । यो फिल्म थाइल्याण्ड, बुल्गेरिया र सर्भिया गरेर तीन देशमा सुटिङ गरिएको हो । एक्सन जनराको यस फिल्ममा रितेश देशमुख र श्रद्धा कपुरको पनि प्रमुख भुमिका रहेको छ ।
The post टाइगरले लगातार २५ दिनसम्म एक्सन सिनको सुटिङ गरे appeared first on Sajha Post.