मुम्बई, २७ कात्तिक । गायिका लता मंगेश्कर उपचारपछि घर फर्किएकी छिन्। श्वासप्रश्वासमा समस्या देखिएपछि लतालाई मुम्बईस्थित ब्रिचक्याण्डी अस्पतालको आइसियूमा भर्ना गरिएको थियो।
लताको टिमले एउटा विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य स्थितिको बारेमा जानकारी दिएका छन्। ‘लता मंगेश्करजी को छातीको सम्स्या देखिएको थियो। उहाँको उमेरलाई ध्यानमा राख्दै सावधानीको रुपमा समयमै संक्रमणलाई रोकथाम गर्न उहाँलाई ब्रिचक्याण्डी अस्पताल लगिएको थियो।’ विज्ञप्तिमा भनिएको छ ।
The post उपचारपछि घर फर्किन् लता मंगेश्कर appeared first on Sajha Post.