काठमाडौँ, २७ कात्तिक । गएको हप्ता रिलिज भएको फिल्म बालाले बक्स अफिसमा ५२ करोड कमाउन सफल भएको छ ।
पहिलो दिन १२ करोड कमाई गर्न सफल यस फिल्मले दोस्रो दिन १५ करोड कमाई गर्न सफल भएको थियो ।
तेस्रो दिन १८ करोड कमाएको यस फिल्मले चौथो दिन ८ करोड कमाएको थियो ।
२५ करोडको बजेटमा निर्माण भएको यस फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाउन सफल भएको छ ।
आयुष्मान खुरानाको यो फिल्मले १०० करोड कमाउने सम्भावना बलियो भएको समिक्षकहरुले बताएका छन् ।
यस फिल्मलाई ३५५० स्क्रिनमा देखाइएको थियो । यस फिल्ममा भुमि पेडेकर, यमी गौतमको पनि प्रमुख भुमिका रहेको छ ।
The post फिल्म ‘बाला’ले ५२ करोड कमायो appeared first on Sajha Post.