काठमाडौँ, १८ कात्तिक । २७ वर्षपछि अनिल कपुर र गोविन्दाले एउटै फिल्ममा काम गर्ने भएका छन् ।
उनीहरुले फिल्म दिवाना मस्ताना २ मा सँगै काम गर्न लागेका हुन् ।
नाच बलियको सेटमा उनीहरुले दिवाना मस्ताना २ को घोषणा गरेका हुन् ।
मिडिया रिपोर्टका अनुसार यस फिल्ममा जोन अब्राहम पनि हुनेछन् ।
पछिल्लो समय यी दुई अभिनेता बलिउडमा खासै जम्न सकेका छैनन् ।
गोविन्दाले अभिनय गरेका फिल्मले त बक्स अफिसमा पानी समेत भन्न पाएका छैनन् । यस अवस्थामा उनीहरुले बनाउन लागेको यस फिल्मले सफलता पाउने कुरामा आशंका रहेको बताइएको छ ।
The post २७ वर्षपछि अनिल कपुर र गोविन्दाले एउटै फिल्ममा काम गर्दैँ appeared first on Sajha Post.