काठमाडौँ, ६ कात्तिक । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान र सन्नी देवल ।
उनीहरुबीच बोलीचाली छैन । उनीहरुको सम्बन्ध कसरी र किन बिग्रिन पुग्यो ?
सन्नी देवल र आमिर खानबीच फिल्म डरका लागि कुराकानी गरिएको थियो ।
उक्त फिल्ममा सन्नी देवल हिरोको पात्रमा र आमिर भिलेनको पात्रमा देखाइने भएको थियो ।
तर, उक्त फिल्ममा अन्तिम स्टोरीमा आमिरले परिवर्तन चाहेका थिए । तर, सन्नी देवल मानेनन् ।
सन्नीले आमिरको कुरालाई हावामा उडाइदिए । त्यसपछि आमिरले उक्त फिल्म छोडे । उनको सट्टामा पछि शाहरुखलाई लिइयो ।
उक्त डर फिल्म सुपरहिट हुन पुग्यो । त्यसका कारण पनि आमिर झन् चिढिन पुगे । बिगत २६ वर्षदेखि आमिर र सन्नी देवलबीच बोलीचाली छैन ।
The post बिगत २६ वर्षदेखि आमिर र सन्नी देवलबीच बोलीचाली छैन appeared first on Sajha Post.