काठमाडौं, ५ कात्तिक । बलिउड स्टार रणबीर कपूर र आलिया भट्टको प्रेम सम्बन्ध र विहेले पछिल्लो समय निकै चर्चा पाएको छ ।
यसै क्रममा विवाहको कार्ड समेत भाइरल भएको छ । सामाजिक सञ्जालमा भाइरल भएको विहेको कार्डमा विवाह मिति २०२०, जनवरी २२ उल्लेख गरिएको छ ।
सामाजिक सञ्जालमा विहेको कार्ड भाइरल भएपछि आलियाले प्रतिक्रिया समेत दिएकी छन् । विहेको कार्ड भाइरल भएपछि एयर पोर्टमा यसबारे उनको धारणा मागिएको थियो ।
मिति नै उल्लेख गरेर विहेको कार्ड बाहिर आएको थाहा पाएपछि आलिया निकै हासेकी समेत थिइन् । उनले हाँस्दै ‘यसबारे के भनौं र खै ?’ भनेकी थिइन् ।
सामाजिक सञ्जालमा भाइरल भएको विहेको कार्ड भने नक्कली रहेको खुल्न आएको छ । कार्डमा आलिया र रणबीरको नाम लेखिएको छ । साथै कार्डमा आलियाका पिताको समेत गलत लेखिएको छ ।
आलिया भट्टका पिताको नाम महेश भट्ट हो । तर कार्डमा भने मुकेश भट्ट लेखिएको छ ।
The post विहेको कार्ड भाइरल भएपछि के भन्छिन् आलिया ? appeared first on Sajha Post.