काठमाडौँ, ५ कात्तिक । यशराज फिल्मको ब्यानरमा निर्माण भएको फिल्म वार ब्लकबस्टर सावित भएको छ ।
यस फिल्मले १७० करोड नाफा कमाउन सफल भएको छ भने चर्चित अभिनेता ऋतिक रोशनले शेयरसहित ९८ करोड कमाउन सफल भएका छन् ।
यस फिल्मको निर्माण बजेट करिब १५० करोड र प्रचार बजेट २० करोड रहेको थियो ।
यस फिल्मले हालसम्म ३१५ करोड कमाउन सफल भएको छ । यस फिल्मको प्रमुख भुमिकामा ऋतिक रोशन र टाइगर श्रौफ रहेका छन् ।
बलिउडमा फिल्म इतिहासमा यस फिल्मले नयाँ रेकर्ड बनाउन सफल भएको छ । यस फिल्मको सफलतासँगै यसको दोस्रो भाग पनि निर्माण गर्ने फिल्म युनिटले बताइ सकेको छ ।
The post फिल्म वारबाट यशराज फिल्मले कमायो १७० करोड नाफा appeared first on Sajha Post.