काठमाडौँ, २४ असोज । बाहुबली फिल्मबाट एकाएक सफलता प्राप्त गरेका अभिनेता हुन् प्रभास ।
१९ वर्षको उमेरमा होटलमा काम गरेका उनले २२ वर्षको उमेरमा अभिनय क्षेत्रमा प्रवेश गरेका थिए ।
तर, सोचेजस्तो सफलता पाउन भने उनलाई बाहुबली फिल्मले नै दियो । त्यसपछि उनको चर्चा दक्षिण भारतीय फिल्ममा मात्र नभइ पुरै बलिउडमा पनि भयो ।
उनलाई पछिल्लो समय बलिउडबाट पनि उत्तिकै फिल्मका अफरहरु आएका छन् । उनले बाहुबली फिल्मको सफलतापछि आफ्नो आमाले पहिलोपटक प्रतिक्रिया दिएको बताएका छन् ।
आमाले आफुलाई धैर्य रहन र घमण्ड नगर्न भनेको उनले बताए । निकै चर्चामा रहेको उनी जिल फिल्मको तयारीमा रहेका छन् ।
The post प्रभासको सफलताबारे के भन्छिन् उनकी आमा appeared first on Sajha Post.