काठमाडौ्, २९ चैत । नेपाली नयाँ वर्ष २०७३ को पूर्वसन्ध्यामा नेक्स्ट मोडल्स नेपालले ‘न्यू इयर इभ’ विशेष कार्यक्रम आयोजना गरेको छ ।
‘भिआईपीज् न्यू इयर इभ’ नाम दिइएको सो कार्यक्रम नयाँ वर्षको पूर्वसन्ध्या अर्थात मंगलबार साँझ ५ बजेबाट Tulip Restaurant गैरीधारमा हुनेछ ।
सो अवसरमा एडप्टर ब्याण्डको लाइभ म्युजिकको व्यवस्था गरिएको आयोजक नेक्स्ट मोडल्स नेपालका सिईओ रवि धमलाले जानकारी दिए । साथमा डिजे भुवन पनि रहनेछन् ।
देशका चर्चित सेलिब्रेटी तथा मोडलहरुको सहभागिता रहने कार्यक्रममा क्याण्डिल लाइट डिनर, ओपन बार तथा बिग पार्किङ स्पेसको पनि व्यवस्था रहेको आयोजकले जनाएको छ ।
सहभागी हुन चाहनेले 9851014379 वा 9841693903 मा सम्पर्क गर्न सक्नेछन् । आगामी बुधबारबाट नेपाली नयाँ वर्ष २०७३ सुरु हुँदैछ ।
The post नयाँ वर्षको पूर्वसन्ध्यामा नेक्स्ट मोडल्सको ‘भिआईपीज् न्यू इयर इभ’ appeared first on Sajha Post.