एजेन्सी, ९ भदौ । बलिउड अभिनेता संजय दत्त पुन : राजनीतिमा फर्कने तयारी गरेका छन् ।
अभिनेता संजय दत्त लगभग १० वर्षपछि फेरि राजनीतिक मैदानमा प्रवेश गर्न लागेका हुन् । भारतको महाराष्ट्र राज्यका एकजना मन्त्रीले दत्त राजनीतिमा प्रवेश गर्न लागेको जानकारी दिएका हुन् ।
राष्ट्रिय समाज पक्ष (आरएसपी) के संस्थापक एवं क्याबिनेट मन्त्री महादेव जानकरले आइतबार ६० वर्षीय दत्त २५ सेप्टेम्बरमा आफ्नो पार्टीमा प्रवेश गर्न लागेको बताएका हुन् ।
पशुपालन तथा दूग्ध विकासमन्त्री जानकारले आइतबार एक कार्यक्रममा बोल्द संयज दत्त आफ्नो पार्टीमा प्रवेश गर्न लागेको बताएका थिए । ‘हामीले हाम्रो पार्टीको विस्तारका लागि फिल्म क्षेत्रलाई समेत सामेल गर्न लागेका छौं र यही क्रममा अभिनेता संजय दत्त २५ सेप्टेम्बरमा राष्ट्रिय समाज पक्षमा सामेल हुनेछन्’, जानकारले भने ।
आरएसपी महाराष्ट्रमा सत्तारुढ भाजपाकी सहयोगी पार्टी हो ।
अभिनेता संजय दत्त सन् २००९ मा समाजवादी पार्टीको तर्फबाट लखनउमा लोकसभाका उम्मेदवार थिए । तर अदालतले हतियारसम्बन्धी मुद्दामा दत्तलाई सफाइ दिन इन्कार गरेपछि उनी चुनावी मैदानबाट पछि हटेका थिए ।
The post संजय दत्त मोदी निकट दलमा प्रवेश गर्दै appeared first on Sajha Post.