नयाँ दिल्ली, १७ जेठ । नायिका नुसरत जहां सांसद बनी सकेकी छिन् । मोदी लहरलाई चिर्दै उनले ममता बनर्जीको पार्टी तृणमुल कांग्रेसबाट बंगालको बशीरहाटबाट चुनाव लडिन् र विजयी पनि बनिन् ।
अब नसरतबारेमा नयाँ खबर आएको छ, त्यो हो विवाह ।
सांसद बनेपछि अब नुसरत छिट्टै दुलही बन्दैछिन् । अभिनेतृबाट नेतृ बनेकी नुसरतले आफ्नो विवाहबारे जानकारी आफ्नै सामाजिक सञ्जालबाट दिएकी छिन् । उनले छिट्टै कलकत्ताको सफल व्यावसायी निखिल जैनसँग विवाह गर्ने बताएकी छिन् ।
उनीहरुको विवाह यस्तो गन्तव्य विवाह हुनेछ, उनीहरु इस्तानाबुल पुगेर विहे गर्नेछन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार कोलकत्तामा नुसरतको विवाहको तयारी भव्यताका साथ भइरहेको छ ।
नुसरतले इंस्टाग्राममा आफ्नो एक रोमान्टिक तस्बिर शेयर गरेकी छिन् । जहाँ उनले औंठी पनि देखाएकी छिन् । उनको हात कसैले समाएको छ । यस्तो तस्बिरमा उनले क्याप्सन लेखेकी छिन्, ‘जब विपना सपनाभन्दा राम्रो हुन्छ, जिन्दगीमा एक-अर्कोले सम्हाल्नुपर्छ ।’
उक्त पोस्टले पनि उनको विवाहको सुनिश्चितता पुष्टि गर्ने भारतीय सञ्चार माध्यमको जिकिर छ ।
लोकसभा चुनाव २०१९ को परिणाम आएपछि उनी बढी चर्चामा छिन् । यद्यपि, उनको चर्चा उनको जितलाई लिएरभन्दा एक तस्बिरलाई लिएर बढी भएको छ ।
जब पहिलोपटक संसदअगाडि पुगेर उनले केहि तस्बिर खिचिन् । उनको तस्बिरलाई केही मानिसहरुले ट्रोल गरिदिए । कतिपयले संसद फिल्मको सेट होइन भन्नेजस्ता टिप्पणी पनि गरिरहेका छन् । कतिपयले उनलाई संसदमा पश्चिमा पहिरन लगाएर गएकोमा पनि विरोध गरिरहेका छन् ।
The post सांसद बनेपछि विवाह गर्दै यी सुन्दरी appeared first on Sajha Post.