मुम्बई, १४ जेठ । बलिउड अभिनेत्रीले एक दशकपछि अभिनेता अक्षय कुमारसँग सँगै काम गरिरहेकी छिन् । यसबीचमा अक्षयमा धेरै परिवर्तन आइसकेको धारणा बनाउँदै भेटेकी कटरिना त्यतिबेला छक्क परिन्, जब अक्षय उनलाई उस्तै लाग्यो ।
कटरिनाले अहिले फिल्म ‘भारत’को प्रचारमा छिन् । यहीक्रममा उनले पत्रकारसँग कुरा गर्दै भनिन्, ‘तिरमार खानका काम गरेको यो एक दशकमा अजय कुमार धेरै नै परिवर्तन भए होलान् जस्तो लागेको थियो । तर, अहिले सूर्यवंशीमा काम गर्दा उनलाई मैले अझै उस्तै पाएँ ।’
सूर्यवंशी चलचित्र यस्तो रिमेक हो जसमा फिल्म सिंघम र सिम्बको चरित्र र कथा मिसाएर नयाँ कथा बनाइएको छ । चलचित्रमा कटरिना द्वन्द्वप्रधान भूमिकामा छिन् भने अक्षयकुमार प्रहरी अधिकारीको भूमिकामा देखिनेछन् ।
सन् २०१० अघि कैटरिना र अक्षयकुमारले आधा दर्जन फिल्ममा सँगै अभिनय गरिसकेका थिए । तर, बितेको एक दशक उनीहरुले सँगै काम गर्ने अवसर मिलाउन सकेनन् । लामो समयपछि काम गर्दा शुरुमा केही असहज महसुस भए पनि बिस्तारै ठिकठाक भएको कटरिनाको अनुभव छ ।
The post एक दशकपछि पनि अक्षय उस्तैः कटरिना appeared first on Sajha Post.