काठमाडौं, १० मंसिर । सुनिल धितालको दोस्रो सांगितिक कोशेली ‘बाचा तोडेर नजाउ’को म्यूजिक भिडियो युट्यूबमार्फत सार्वजनिक भएको छ । नारायण ढकालको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा चर्चित कलाकार आशा खड्का र नव मोडल सुमन खतिवडाले अभिनय गरेका छन् ।
खड्काले कान्तिपुर टेलिभिजनको चर्चित हास्य टेलिश्रृंखला ‘हर्के हल्दार’मा आशाको भूमिका निभाउँदै आएकी छन् । यसका साथै उनले दर्जनौँ म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छन् । यता खतिवडाले पनि पछिल्लो समय केही म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।
धितालकै शब्द तयार भएको यो गीतमा स्वर भने अमितबाबु रोकाया र जमुना श्रीपालीको छ ।
हेर्नुहोस् भिडियो:
The post ‘बाचा तोडेर नजाउ’भन्दै सुमनसँग आशाले यसरी गरिन् बिलौना (भिडियोसहित) appeared first on Sajha Post.