Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

किन टिक्दैनन् सलमानको साथमा केटी ? यस्ता छन् केही प्रमुख कारण

$
0
0

एजेन्सी । बलिउड सुपरस्टार सलमान खान बेला-बेला तनावमा अाइरहन्छन् । केही बाहिरी कारण भएपनि धेरैजसो प्रेमिकाकै कारण हुने गरेको छ । केही हप्ता अगाडी सलमानकी रोमानियन गर्लफ्रेण्ड लुलिया भन्तुरसँग ब्रेकअप भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका थिए । तर लुलिया पुन भारत अाएपछि त्यो शंका केही हदसम्म सेलाएको छ ।

salman-1

सलमानको जीवनमा धेरै प्रेमिकाहरु अाए तर अाजसम्म पनि सलमान एक्लो नै छन् । किन टिक्दैनन् सलमानसँग उनका प्रेमिकाहरु ? भारतीय सञ्चारमाध्यमहरुले सलमानको जीवनमा केटी नटिक्नुको कारणहरु यसरी प्रस्तुत गरेका छन् ।

सलमानको रिस

salman-21

सलमानको सबैभन्दा नराम्रो बानी भनेको चाँडै रिसाउनु हो । उनको जीवनमा अाएका प्रेमिकाहरुले यो भोग्दै अाएका छन् । सलमान र ऐश्वर्याबिचको सम्बन्ध पनि यसको कारण मानिएको थियो । ऐश्वर्याले एक अन्तरवार्तामा भनेकी थिइन्, ‘सलमान साना-साना कुरामा पनि रिसाउँछन् ।’

शंकालु बानी

salman-3

सलमानले जुन जुन कटीसँग सम्बन्ध राख्छन्, उनीहरु सबै माथि उनले अनावश्यक शंका गर्ने गरेको बताइन्छ । सलमान-कट्रिनाबिच प्रेमसम्बन्धमा रहँदा यदि अरु कोहीसँग दोस्ती बढाउँदा पनि सलमानलाई मन पर्दैन्थ्यो । यतिसम्म कि जोन र कट्रिनाबिचको दोस्ती उनलाई सह्य भएन । जसकारण सलमानले जोनसँग बोल्नै छाडिदिए ।

विभिन्न व्यक्तिसँगको प्रेम

salman-bijlani

सलमानको जिन्दगीमा पटक पटक नयाँ-नयाँ प्रेमिकाहरु अाइरहन्छन् । कुनै बेला सलमान खानको हिमचिम संगीता बिजलानीसँग हुन थाल्यो । पछि उनीहरु प्रेममा पनि परे । अझ सलमानको विवाह संगीतासँग हुने भनेर बिहेको कार्ड समेत छापिइसकेको थियो । तर त्यसबेला सलमानको जीवनमा सोमी अली नाम गरेकी केटीको प्रवेश भयो । सोही कारण संगीताले उक्त विवाह भाँडेकी थिइन् ।

सलमानको मुद्दा मामिला

case-salman-khan

सलमानको जिन्दगीका केही समय अदालतको चक्करमै गएको छ । हिट एंड रनको केस होस् या त अरु केही । उनी अदालत धाइरहनु परेको छ ।

The post किन टिक्दैनन् सलमानको साथमा केटी ? यस्ता छन् केही प्रमुख कारण appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles