काठमाडौँ, १० फागुन । कुनै समय कपिल शर्मा र सुनिल ग्रोबर मिल्ने साथी रहेका थिए । तर, उनीहरुको सम्बन्ध एकाएक बिग्रिएको थियो । धेरैजनाले उनीहरुबीच मिलाप गराउन पनि खोजे तर, सकेनन् । केही समय उनीहरुबीच वाकयुद्ध नै चल्यो ।
तर, अब उनीहरुबीच सकारात्मक सम्बन्ध विस्तारका लागि सलमान खान अगाडि देखिएका छन् ।
अब कपिलको सोमा सुनिल ग्रोबर पनि आउने भएका छन् ।
फिल्म भारतका लागि प्रोमोशनका लागि उनी कपिलको सोमा आउने भएका हुन् ।
मिडिया रिपोर्टका अनुसार भारत फिल्ममा सुनिलको महत्वपुर्ण भुमिका रहेको छ । लामो समयदेखि कपिल र सुनिलको सम्बन्ध बिग्रिएको थियो । तर, अब उनीहरुबीच सम्बन्ध सुधारिने बताइएको छ ।
The post कपिलको सोमा सुनिल आउँदै appeared first on Sajha Post.