Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

माइनस ४ डिग्री तापक्रममा आर्यन र प्रियंकाको रोमान्स

$
0
0

काठमाडौं, २७ माघ । कुनै समय नेपाली फिल्ममा आफ्नो वर्चश्व कायम गर्न सफल चकलेटी हिरो आर्यन सिग्देल र अहिलेकी सर्वाधिक व्यस्त नायिक प्रियंका कार्की फेरी एकसाथ फिल्ममा देखा पर्दैछन् ।

कलिउड, क्लासिक, माला, छक्का पञ्जालगायतका फिल्ममा सँगै काम उनीहरु विकासराज आचार्य निर्देशित नयाँ फिल्म ‘हजार जुनीसम्म’ मा जोडीको रुपमा देखिंदैछन् । उनीहरु यस फिल्ममा पूर्व प्रेम/प्रेमिकाको भूमिकामा देखिने बताइएको छ । फिल्ममा आर्यन एक छोराको पिताको भूमिकामा छन् ।

यस फिल्मबाट हिरोको रुपमा अक्की प्रधानले डेब्यु गरेका र फिल्ममा अक्की, आर्यनको छोराको भूमिकामा देखिनेछन् । उनको जोडी अभिनेत्री स्वस्तिमासँग बाँधिएको छ । सलोन बस्नेत, शिवहरी पौडेल, उत्तम केसीलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहेको छ ।

हालै फिल्मको एक रोमान्टिक गीत सिक्किमको हिमाली भेगमा खिचिएको छ । माइनस ४ डिग्री तापक्रम रहेको चाँगु लेकमा खिचिएको गीतमा आर्यन र प्रियंकालाई फिचर गरिएको छ । गीत छायांकनको क्रममा खिचिएको तस्विरमा दुईलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । प्रियंका भने निकै बोल्ड देखिएकी छन् ।

फिल्मलाई सिक्किमका सिएम पवन चाम्लिङका जेठा छोरा विशाल चाम्लिङले निर्माण गरेका छन् । फिल्मको काठमाडौं, पोखरा र सिक्किममा छायांकन भएको छ । केही दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिने निर्माण टिमले जानकारी दिएको छ ।

The post माइनस ४ डिग्री तापक्रममा आर्यन र प्रियंकाको रोमान्स appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles