Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कंगना रणावत आमिर, आलिया र ट्वीकल खन्नासँग रिसाइन्

$
0
0

काठमाडौँ, २४ माघ । बलिउडमा पछिल्लो समय रिलिज भएको फिल्म मणिकर्निकाले बक्स अफिसमा धमाकेदार कमाइ गर्न सफल भयो ।

यस फिल्मकी मुख्य अभिनेत्री कंगना रणावत फिल्मले पाएको सफलतालाई लिएर खुसी छिन् भने ठुला बलिउड स्टारबाट प्रतिक्रिया नपाउँदा रिसले आगो बनेकी छिन् ।

उनले भनेकी छिन्, ‘आमिर खान, आलिया भट, ट्वीकल खन्ना स्वार्थी र मतलबी मानिसहरु हुन् ।’

उनले भनेकी छिन्, ‘जब आलियाको राजी फिल्मको ट्रेलर रिलिज भयो तब उनले मलाई उक्त क्लिप पठाएकी थिइन् । मैले प्रतिक्रिया पनि दिएकी थिए । तर, उनले समान व्यवहार गर्न सकिनन् ।’

उनको यस फिल्मले बलिउड बक्स अफिसमा १०० करोड कमाउन सफल भइसकेको छ । यस फिल्मको रिभ्यु राम्रो भएकै कारण लगातार यसको कमाइ बढेको थियो । तर, दिग्गज व्यक्तिहरुबाट यस फिल्मबारे प्रतिक्रिया भने आएको छैन ।

The post कंगना रणावत आमिर, आलिया र ट्वीकल खन्नासँग रिसाइन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles