एजेन्सी, १६ माघ । बलिउडमा यदि अहिले कुनै अभिनेताको जोरशोरले चर्चा चलेको छ भने त्यहो हो कार्तिक आर्यन । हालै आफ्नो नयाँ फिल्म ‘लुका छिपी’ को ट्रेलर रिलिज भएका कार्तिक महिलाहरुमाझ अझ चर्चित छन् । उनको चक्लेटी पसर्नालिटीबाट अहिलेकी जल्दोबल्दो अभिनेत्री सारा अली खान पनि प्रभावित नभई रहन सकेकी छैनन् ।
तर आजभोलि उनको नाम अभिनेता चंकी पाण्डेकी छोरी अनन्या पाण्डेसँग जोडिएर आउने गरेको छ । धेरैपटक मिडियाले यी दुईलाई एक साथ स्पट गरिसकेको छ । हालै कार्तिक आर्यनले आफ्नो रिलेशनशिपको विषयमा खुलेर कुरा गरेका छन् ।
कार्तिकले भने, ‘अहिले म आफ्नो कामतर्फ धेरै ध्यान दिइरहेको छु । मलाई लाग्छ रिलेशनशिपमा बस्नका लागि मानिसलाई धेरै समयको आवश्यकता पर्दछ । तर म आफ्नो रिलेशनशिपलाई समय दिन सकिरहेको छैन । म दोस्रो व्यक्तिसँग यस्तो गर्न चाहन्न, यसकारण अहिले म मात्र आफ्नो कामप्रति कमिटेड छु । यदि कुनै प्रोड्युसर वा एक्ट्रेससँग मिटिङको लागि म गए भने त्यसलाई रिलेशनसिपका विषयसँग जोडेर हेरिन्छ । मानिसहरुलाई यसबारेमा लेख्न मज्जा आउँछ । म कति धेरैलाई रोकौं ।’
अनन्या पाण्डे यसै वर्षबाट बलिउडमा डेब्यू गर्दै छिन् । उनी टाइगर श्रफको साथमा फिल्म ‘स्टूडेन्ट अफ द ईयर टु’ मा देखिदैँछिन् । यसको अलावा उनी कार्तिक आर्यनको फिल्म ‘पति पत्नी और वो’ को रिमेकमा पनि देखा पर्दैछिन् ।
The post अनन्या पाण्डेसँगको रिलेशनलाई लिएर पहिलोपटक यसो भन्छन् कार्तिक आर्यन appeared first on Sajha Post.