काठमाडौँ, २० पुस । बलिउड अभिनेत्री जान्वी कपुरले आफ्नो डेटिङ र परिवारको धारणाबारे मिडियामा बोलेकी छिन् । उनले भनेकी छिन्,’ मेरो बुबा बोनी कपुर र आमा श्रीदेवि मेरो लव लाइफलाई लिएर अति नै ड्रामाटिक हुने गर्नु हुन्थ्यो ।’
श्रीदेविको केही समय अगाडि मृत्यु भइसकेको छ ।
उनले भनेकी छिन्, ‘उहाँहरु खाली मलाई कुनै केटालाई मन पराएकी छौँ । हामीलाई भन । हामी तिम्रो विहे गरिदिछौँ । यदी मन परी हाल्यो भने पनि भन । तर, अनावश्यक डेटिङ जाने काम चाँहि नगर ।’
उनले सबैसँग विवाह गर्न नमिल्ने तर डेट जाँदैमा फरक नपर्ने प्रतिक्रिया दिने गरेको बताएकी छिन् ।
उनले आफुलाई डेटिङ जाने अनुमति पनि नभएको बताएकी छिन् ।
The post यसकारण ‘डेटिङ’ जान पाउँदिनन् जान्वी appeared first on Sajha Post.