एजेन्सी, १९ पुस । ‘डचेस अफ सुसेक्स’ राजकुमारी मेघन मार्कलले कुनै समय आफ्नो वार्डरबमा रहेको ‘हाई स्ट्रिट’ कपडा पाहुनालाई बाढ्न ‘सायोनारा जारा’ पार्टीको आयोजना गरेको खबर आएको छ ।
टेलिभिजन अभिनेत्री बनेर नाम र धन कमाएर महंगा डिजाइन कपडा खरिद गर्नसक्ने भएपछि ३७ वर्षीया मेघनले आफ्नो साथीहरुका लागि त्यस्तो पार्टी दिएको दाबी गरिएको छ ।
राजकुमार ह्यारीकी श्रीमती अभिनेत्री तथा डचेस अफ सुसेक्स मेघन मर्कल पहिलोपटक २००२ मा ‘जनरल हस्पिटल’ नामको सोबाट स्क्रीनमा आएकी थिइन् । पछि २०११ मा ‘सुट्स’ मा पारालिगल राचेल जेनको भूमिकामा देखिएपछि उनले नाम र दाम कमाएकी थिइन् ।
चर्चित मेग्जिन ‘भेनिटि फेयर’ आर्टिकलमा एकजना हलिउडका स्रोतले उनको पार्टीबारे त्यस्तो दाबी गरेका हुन् । साथै ती स्रोतले भनेका छन्,‘वास्तवमा तपाईले साथी बनाउन योग्य किसिमको मानिस होइनन् मेघन’ । मेघनको निकटवर्ती रहेको बताउने ती स्रोतले मेघनलाई आफ्नो स्टाइलसँग मात्र राम्रो हुन चाहेने प्रकारको मानिसको रुपमा व्यख्या गरेका छन् ।
भेनिटि फेयर म्याग्जिनको अनुसार मेघनले सायोनारा जारा पार्टी तब आयोजना गरेकी थिइन् जब उनले हलिउडमा नाम दाम कमाउन सुरु गरेकी थिइन् । उनले सो पार्टी आफ्नो सस्तो कपडा पाहुनाहरुलाई दिनका लागि आयोजना गरेको म्याग्जिनको दाबी छ ।
मेघनले त्यस समय आफ्नो क्लोसेटमा रहेका कम मूल्यका, पुराना कपडाहरु अरुलाई दिएको बताइएको छ । मेघन मर्कल चाढै नै ह्यारी र आफ्नो पहिलो सन्तानको आमा बन्दै छिन् ।
The post पुरानो कपडा बाँढ्न पार्टी आयोजना गरेको मेघन मर्कलमाथि आरोप appeared first on Sajha Post.