एजेन्सी, १६ पुस । बलिउडका लिजेण्ड एक्टर कादर खानको मृत्युको खबर अफवाहमात्र भएको उनका छोरा सरफराजले बताएका छन् ।
उनले भनेका छन्, ‘कादर खान क्यानडाको अस्पतालमा भर्ना हुनुहन्छ । उनको मृत्युलाई लिएर बाहिर आएको हल्ला हल्लामात्रै हो । उहाँको अस्पतालमा उपचार भइराखेको छ ।’
८१ वर्षिय कादर खान सास सम्बन्धी समस्याबाट ग्रसित रहेका छन् । सरफराजका अनुसार कादर खानलाई रेगुलर वेन्टीलेटरबाट हटाएर वाइपास वेन्टीलेटरमा राखिएको छ ।
कादर खान अस्पतालमा भर्ना भएपछि सामाजिक सञ्जालमा उनको मृत्यु भएको हल्ला फैलिएको थियो ।
उनले सामाजिक सञ्जालमा फैलिएका हल्लाहरुको खारेज गर्दै आफ्नो पिता अस्पतालमा रहेको बताएका हुन् ।
The post कादर खानको अस्पतालमा उपचार हुँदै, मृत्युको खबर हल्लामात्रै appeared first on Sajha Post.