एजेन्सी, १६ पुस । भारतको चर्चित रियालिटी सो बिग बोस १२ को विजेता दीपिका कक्कड बनेकी छिन् । लामो समयदेखि चलिरहेको यो रियालिटी सो को फाइनलमा श्रीसान्त, दीपिका कक्कड, दीपक ठाकुर, रोमिल र करणवीर रहेका थिए । अन्तत फाइनलमा दीपिका कक्कडले बाजी मार्न सफल भएकी हुन् ।
फाइनल पुर्व श्रीसान्त र दीपकबीच टक्कर रहेको र उनीहरुमध्ये एकले जित्ने अनुमान गरिएको थियो । तर, सबैलाई आश्चर्यचकित पार्दै कक्कड बिग बोस १२ को विजेता बनिन् । विवादित तथा चर्चित व्यक्तिहरु यस रियालिटी सोमा आउने गर्छन् । प्राय सुरुदेखि नै बिग बोस भित्र हुने झैझगडाले दर्शकहरुलाई आकर्षित गर्ने गर्छ । सामाजिक सञ्जालमा जस्तोसुकै टिप्पणी भएतापनि यो रियालिटी सो निकै चर्चित रहेको छ ।
The post रियालिटी सो ‘बिग बोस १२’ को विजेता दीपिका कक्कड appeared first on Sajha Post.